२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेट हुने भएको छ । देशका शीर्ष नेताहरूलाई भेट्दै आएका विप्लवले आज बुधबार प्रधामनन्त्रीलाई भेट्ने भएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेका विप्लवले उक्त सहमतिलाई कार्यान्वयन गराउनका लागि प्रधानमन्त्री देउवालाई भेट्न लागिएको विप्लवनिकट एक नेताले जनाएको छ ।


प्रधानमन्त्री र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत उपस्थित हुने भएका छन् ।