२९ फाल्गुन २०८२, शुक्रबार
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । बुधबार बिहान आफ्नो मागबारे देउवालाई जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरलाई देउवाले यस्तो आग्रह गरेका हुन् ।
सो क्रममा देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘सरकार विस्तार हुँदैछ, त्यसमा तपाईंको पार्टीबाट पनि सहयोग हुनुपर्यो’, देउवाको भनाइ उदृत गर्दै ठाकुर पक्षका कार्यकारिणी सदस्य मुकेश झाले बताए ।

