ओली समूहले युथ फार्स बनाएपछि माधव समूहले पीभी ब्युताउने

होमल्याण्ड खबर

२०७८ श्रावण ६ गते, बुधबार १६:१३ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युताउने भएको छ । एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव समूहले पीभी ब्युताउने भएको छ ।

युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम गर्न पीभी आवश्यक परेको बताए । पीभीको घोषणा बिहीबार माधव नेपालले घोषणा गर्ने कार्यक्रम तय भएको छ । यसअघि माधव समूहकै अखिलले पनि तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो ।

एमालेभित्र विवाद बढ्दै गएका बेला दुवै समूहले युवा परिचालन हुने संगठन ब्युताउने गरेको छ ।