आज प्रतिनिधि सभाको बैठक बस्दै, विभिन्न कार्यसुची तय

होमल्याण्ड खबर

२०७८ श्रावण ८ गते, शुक्रबार ०९:५० मा प्रकाशित

आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने अर्को कार्यसुची पनि समावेश गरिएको छ ।

साथै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संभावित कार्यसुची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बताए ।

अन्य थप कार्यसुची तय गर्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दैछ ।