सांसद पदबाट दिएको राजिनामा एमाले नेता भीम रावलद्वारा फिर्ता

होमल्याण्ड खबर

२०७८ श्रावण ८ गते, शुक्रबार १३:०९ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

रावलले शुक्रबार सभामुख अग्नी सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।

रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडि राजीनामा दिएका थिए। पार्टी एकताको लागि देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।

रावलले आज हुने संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।