२९ फाल्गुन २०८२, शुक्रबार
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई दिने कार्यसूचि छ। गत साउन ३ गते बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए। उनको पक्षमा १६५ मत परेको थियो।
अहिले एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ बोलिरहेका छन्।

