ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७८ श्रावण ८ गते, शुक्रबार १४:५९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली राष्ट्रपति भण्डारीलाई भेटन आज शीतल निवास पुगेका थिए ।

उनीहरुबीच करिब दुई घण्टा भेटवार्ता भएको स्रोतले जनाएको छ । भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।

प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै ओली र राष्ट्रपति भण्डारीबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।