२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले एकता अभियान अझ फराकिलो बनाउँदै आगामी चुनावको सामना गर्नका लागि तयार रहन आग्रह गरेका छन् । एमाले एकता अभियान सन्चालन गरिरहेका सांसदहरूसँगको छलफलमा आइतवार बोल्दै १० बुँदे सहमतिमा हस्ताक्षर गर्ने कार्यदलका एक संयोजक रावलले विगतमा भएका गल्ती कमजोरीको समय क्रममा समीक्षा गर्न सकिने बताए ।
रावलले भने, ‘झण्डा हेरेर कार्यकर्ता र जनता पछि लाग्ने हुन् । अब फागुनमा स्थानीय चुनाव आउछ,त्यसपछि अरु चुनाव आउछन् । अहिलेदेखि नै तिक्तता र अन्तरविरोध समाधान गर्ने,पार्टीलाई पुनः सशक्त बनाएर नलाने हो भने थप अप्ठेरो पर्छ हामीलाई ।’

