कांग्रेसको कूल सदस्यता साढे ८ लाखले पाए, नयाँ सदस्यता कति?

होमल्याण्ड खबर

२०७८ श्रावण १२ गते, मंगलवार १२:४६ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन क्रियाशील सदस्यता छानबिन समिति प्रतिवेदन पेश गरेको छ । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा समितिका संयोजक रमेश लेखकले सभापति शेर बहादुर देउवालाई प्रतिवेशन पेश गरेको हो ।

पेश गरिएको प्रतिवेदनअनुसार कूल ८ लाख ५२ हजार ७११ जना सदस्य रहेका छन् । जसमध्ये नयाँ सदस्यता मात्रै ४ लाख ४३ हजार ६७८ जना रहेका छन् ।

यस्तै, ४ लाख ९ हजार ३३ जनाले आफ्नो सदस्यता नवीकरण गरेका हुन् । जसमा नेपाली जन सम्पर्क समितिबाहेक रहेका छन् ।