२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले प्रतिवेदन बुझाएका छन् ।मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको हो ।
समितिले आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाइएको हो ।


समितिले बुझाएको प्रतिवेदनमा प्रतिवेदनमा थुप्रै अस्प्रष्ठता रहेकोले त्यसको वारेमा बुधबारवाट छलफल हुने बताइएको छ । छलफल ४ ५ दिनलम्बिन सक्ने भएकोले वडा अधिवेशन समेत प्रभावित हुने वताइएको छ ।
यस अघि साउन १२ गते (आज )का लागि अधिवेशन तोकिएकोमा सदस्यता विवादका कारण स्थगित भएको थियो ।
आज नयाँ कार्यतालिका सार्वजनिक गर्ने सम्भावना नभएको र प्रतिवेदन माथि छलफल गर्न केही दिन लाग्ने हुदा वडा अधिवेशन भदौको पहिलो साता हुने समितिका एक सदस्यले बताए ।