प्रदेश २, गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

होमल्याण्ड खबर

२०७८ श्रावण १२ गते, मंगलवार १४:५१ मा प्रकाशित

सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघिको सरकारले नियुक्त गरेका ती प्रदेशका प्रमुख परिवतन गर्ने तयारी गरेको स्रोतले बताएको छ । हाल प्रदेश २ को प्रमुखमा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव छन् ।

प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए ।

त्यस्तै गत वैशाख २० गते गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरी सीताकुमारी पौडेललाई र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरी गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।