२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल भइरहेको बताइएको छ । आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक बोलाएका हुन् ।


यसअघि गत साउन ७ गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो । तर सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन आज आकस्मिक बैठक बसेको हो ।