२९ फाल्गुन २०८२, शुक्रबार
जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरीका सिंहले प्रतिस्पर्धा गर्दै छिन् ।
जपानको टोकियोस्थित एक्वेटिक सेन्टरमा नेपाली समयअनुसार उनले आज दिउँसो पौने ४ बजे सुरु हुने महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।


१३औँ सागमा स्वर्ण विजेता गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।
नेपालका तर्फबाट पौडीका अर्का खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले हिजो भएको प्रतिस्पर्धामा १ सय मिटर पुरुष फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । तर पनि उनी हिट चरणबाटै बाहिरिएका थिए ।