देउवालाई विश्वासको मत दिने सांसदसँग छलफलमा : नेपाल

होमल्याण्ड खबर

२०७८ श्रावण १३ गते, बुधबार १३:१५ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्ने भएका छन्।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफूपक्षका २२ जना सांसदसँग छलफल गर्न लागेका हुन्। पार्टी एकताका लागि दबाबमा रहेका नेपालले सांसदहरुसँग आगामी बाटोबारे छलफल गर्न लागेका बताइएको छ।