काविल सहयोगी चुन्न प्रधानमन्त्रीलाई नेपालको सुझाव

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार १५:५८ मा प्रकाशित

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काविल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गौरव गर्न लायक काम गर्न काविल टीम चाहिने बताए ।

आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम गर्न सकेको बताउँदै उनले प्रधानमन्त्री देउवालाई पनि काविल सहयोद्धा चाहिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताए ।