कांग्रेसका ३ शीर्ष नेताबीच बैठक सुरु

होमल्याण्ड खबर

२०७८ श्रावण १५ गते, शुक्रबार ११:२४ मा प्रकाशित

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताबारे विवाद समाधान गर्न ३ शीर्ष नेताहरू बैठक बस्दै छन् । सभापति शेरबादुर देउवा निवास बुढानीलकण्ठमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल गने तय भएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।

उनका अनुसार आजको छलफलमा क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो । जसअनुसार शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद हल गर्न समय लिएका थिए । केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद हल गर्न नसकेका विषय शीर्ष नेतृत्वलाई सुम्पेका थिए ।