२९ फाल्गुन २०८२, शुक्रबार
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कार्यभार सम्हालेका छन् । उनलाई प्रदेश प्रमुखको कार्यालयमा प्रमुखको कार्यालयका कर्मचारीले स्वागत गरेका थिए । उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपा माओवादीको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए ।

