एमालेको स्थायी कमिटी बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ श्रावण १७ गते, आईतवार ०८:४९ मा प्रकाशित

नेकपा एमालेले पार्टीको आन्तरिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो ३ बजे बस्ने बैठकका लागि तीन वटा एजेन्डा तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणको विषयमा छलफल हुने उनको भनाई छ ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको झलनाथ खनाल–माधव कुमार नेपाल समूह भने आजको बैठकमा पनि उपस्थित नहुने जनाएको छ । उक्त समूहले यसअघिका बैठक पनि बहिस्कार गर्दै आएको थियो ।