२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा माओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक स्थगित गरिएको कार्यलय सचिब श्रीराम ढकाल बताए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को कार्य व्यवस्तताका कारण बैठक स्थगित गरिएको छ । आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो ।
आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन्।

