प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

होमल्याण्ड खबर

२०७८ श्रावण १८ गते, सोमबार १७:०५ मा प्रकाशित

प्रधानमन्त्री शेर बहादुर देउवासँग वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । सोमबार देउवासँग वार्ता गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने जनाइएको छ । यस्तै सत्ता पक्षीय गठबन्धनको कार्यदलले तय गरेका साझा एजेण्डाका विषयमा समेत छलफल गरिने बताइएको छ ।

आज बसेको सत्ता पक्षीय गठबन्धनको बैठकले न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचार संहिताको सवालमा साझा ड्राफ्ट तयार गरेको थियो । प्रधानमन्त्री देउवाले मन्त्रीको टुङ्गो लगाउन गठबन्धनका नेतालाई दबाब दिँदै आएका छन् । तर, गठबन्धनले अहिलेसम्म मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।