२९ फाल्गुन २०८२, शुक्रबार
पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको बुधबार सुनुवाइ हुने भएको छ ।
नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ । निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।


यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए । रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ । निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको छ ।