२९ फाल्गुन २०८२, शुक्रबार
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उनले धमाधम नियुक्ति खारेजी र बदर गर्न थालेका छन् । ओलीको कार्यकालमा आकर्षक ठाउँमा सरुवा भएकालाई अन्यत्र सरुवा गर्न थालेका छन् । देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्मबन्धी आयोग नै खारेज गरिएको छ । शिक्षक सेवा आयोगमा नियुक्ति गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक बनाइएका हितेन्द्र देव शाक्यलाई हटाउने प्रक्रिया बढाइएको छ । उनी ओलीको चाहना अनुसार बनाइएका थिए। शाक्यलाई स्पष्टिकरण सोधिएको र प्रक्रिया मिलाएर हटाउने तयारी भएको छ । अर्थ मन्त्रालयका सचिव सरुवा गरिएका छन् । अब शक्तिशाली मन्त्रालयका सचिवहरु धमाधम सरुवा गरिने भएका छन् ।

