भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दर्ता

होमल्याण्ड खबर

२०७८ श्रावण २२ गते, शुक्रबार १४:४६ मा प्रकाशित

सर्वोच्च अदालतमा भूमि आयोग खारेजविरुद्ध रिट निवेदन दर्ता भएको छ । शुक्रबार अधिवक्ता प्रवेश केसीले आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको दाबी गरिएको छ ।

रिटमा सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिटको पेशी साउन २५ गते आइतबारलाई तोकिएको सर्वोच्च अदालतले बताएको छ ।