पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने एमाले नेपाल पक्षका नेताको धारणा

होमल्याण्ड खबर

२०७८ श्रावण २२ गते, शुक्रबार १५:५३ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरूले सरकारमा सहभागिता बारे मिश्रित धारणा राखेका छन् ।

एक पक्षले सरकारमा सहभागी हुनुपर्ने बताउँदा अर्को पक्षले सरकारमा सहभागी भएर पार्टीलाई प्रतिपक्षमा राख्न नमिल्ने बताएका छन् । आज बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आन्तरिक विवाद समाधान गरी पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् । केहीले अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन्  केन्द्रीय कमिटीमा सरकारको सहभागिता तथा पार्टी एकताबारे मिश्रित धारणा आएपछि अहिले फेरि स्थायी कमिटी बैठक शुरु भएको छ ।