प्रधानमन्त्रीलाई गगन थापाको प्रश्नः किन कक्षा १२ को मात्रै परीक्षा स्थगित भयो?

होमल्याण्ड खबर

२०७८ श्रावण २५ गते, सोमबार १२:०० मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा सञ्चालन गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।  आज सामाजिक सञ्जालमार्फत उनले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गर्नुको आधार के हो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

कोरोना महामारीको कारणले  कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन । यसको आधार र तर्क के हो? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ? , उनले प्रश्न गरेका छन् ।

नेता थापाले लेखेका छन्, ‘स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’

सरकारले कोरोना माहामारीका कारण कक्षा १२ को परीक्षा स्थगितको गरेको छ । तर हाल सञ्चालन भइरहेका त्रिभुवन विश्वविद्यालयलगायतका परीक्षाहरु भने नरोक्ने निर्णय गरेको थियो ।