२९ फाल्गुन २०८२, शुक्रबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा हुने भएको छ । उक्त रिट निवेदनको पेशी न्यायाधीश राउतको इजलासमा चढेको छ ।
सोमबार पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


रिटमा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याउन कानुनविपरित भएको उल्लेख छ । यही साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ ।