महाधिवेशनका लागि सहमति खोज्न कांग्रेस शीर्ष नेताको बैठक जारी

होमल्याण्ड खबर

२०७८ श्रावण २७ गते, बुधबार १६:२२ मा प्रकाशित

नेपाली कांग्रेसका शीर्ष नेताहरु बिच महाधिवेशनको नयाँ मिति बारे छलफल जारी छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा छलफल भइरहेको प्रधानमन्त्रीका सहयोगी भानु देउवाले जानकारी दिएका छन् ।

छलफलमा बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सीटौला, निर्वाचन समितीका संयोजक महादेव यादव, क्रियासील सदस्यता छानबिन समितीका संयोजक रमेश लेखक लगायत केहि अन्य नेताहरुको सहभागीता रहेको छ । भोली हुने केन्द्रिय समितीको बैठक अगावै महाधिवेशनका विषयमा सहमति जुटाउन सभापति देउवाले शीर्ष नेताहरु संग छलफल गरिरहेको सहभागी एक नेताले बताए ।

छलफलमा क्रियाशील सदस्यताका विषयमा देखिएको विवाद समाधानमा पनि सहमति खोज्ने सभापति देउवाको तयारी छ । अझैसम्म पनि बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन । यस्तै सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवामा पनि सदस्यताको विवाद कायमै छ ।