लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा २४ घण्टाभित्र दाबी पेश गर्न आह्वान (विज्ञप्ति सहित)

होमल्याण्ड खबर

२०७८ श्रावण २७ गते, बुधबार १७:१३ मा प्रकाशित

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा २४ घण्टाभित्र दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनाबाट आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहीवार अपराह्न ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको जानकारी दिए ।