कांग्रेस महाधिवेशन अहिले गर्न नसकिने देउवा निकट जिल्ला सभापतिको निष्कर्ष

होमल्याण्ड खबर

२०७८ श्रावण २८ गते, बिहीबार १३:१९ मा प्रकाशित

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन्।

आज ललितपुरको समीट होटलमा बसेको भेलाले तोमहाधिवेशन गर्न नसकिने निष्कर्षसहित ६ बुँदे सुझाव तयार पारेको छ । भेलाले कोरोना माहामारीका कारण अहिले महाधिवेशन नगर्न र अर्को मिति तय गर्न सुझाव दिएको भेलामा सहभागी एक नेताले बताए ।

ती नेताले भेलाले तयार पारेको ६ बुँदे सुझाव अहिले केहीबेरपछि सभापति देउवालाई बुझाइनेछ ।