२९ फाल्गुन २०८२, शुक्रबार
आज शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको एक महिना पुरा भएको छ । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले एक महिनामा वितिसक्दा पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन भने सकेका छैनन् ।
कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीसहित सरकार रहेका प्रधानमन्त्री देउवाको काँधमा १७ वटा मन्त्रालयको भारी छ ।


सत्ता गठबन्धनको सहयात्री घटक एमालेको माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको दाबी गरिएको छ ।
तर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले पनि उनीहरुले नाम दिन सकेका छैनन् ।
यस्तै सत्ता गठबन्धनका घटकहरुले उपप्रधानमन्त्री दाबी गर्दा पनि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन् ।