पूर्वमन्त्री अफताव आलमविरुद्धको मुद्दा आज सुनुवाई हुँदै

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार ११:५१ मा प्रकाशित

जिउँदै इट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेर कारागार बसिरहेका नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताव आलमको मुद्दामा आज सुनुवाई हुँदैछ ।

आजको लागि सर्वोच्च अदालतमा आलमको मुद्दाको पेशी चढको हो । न्यायाधिशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा पेशी चढेको हो ।

२०६४ सालको निर्वाचनका बेला रौतहटमा बम बनाउने क्रममा बिष्फोट भई घाइते भएकाहरुलाई जिउँदै इट्टा भट्टामा हालेर हत्या गरेको आरोप आलममाथि रहेको छ ।

आलमले यसअघि जिल्ला अदालत रौतहट र उच्च अदालत विरगञ्जमा धरौटीमा थुनामुक्त गर्नका लागि निवेदन दिएकामा अदालतले अस्वीकार गरेको थियो ।