नेपाली कांग्रेसका नेता अफताब आलमको सुनुवाइ सर्‍यो

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १३:०६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दाको सुनुवाई सरेको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा शुक्रवार सुनुवाई हुने भनिएको थियो । तर मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो ।

आलमको मुद्दा शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो।२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ ।

साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।