सांसद यादवको अभिव्यक्ति संसदीय मर्यादाविपरीत भन्दै रेकर्डबाट हटाउन निर्देशन

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १५:१७ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले सांसद मातृका प्रसाद यादवले बिहीवारको प्रतिनिधि सभा बैठकमा बोलेका केही शब्दहरु हटाउन रुलिङ गरे ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले बिहीवारको बैठकमा सांसद यादवले बोल्ने क्रममा प्रयोग गरेको शब्द प्रतिनिधि सभा नियमावलीको नियम २१को खण्ड(ङ) को प्रतिकुल हुने देखिएको भन्दै सो शब्द सचिवालयको रकर्डबाट हटाउन रुलिङ गरे ।

उनले भने– ‘हिजो विशेष समयमा मान्य श्री मात्रिका प्रसाद यादवले बोल्ने क्रममा प्रयोग गर्नुभएको मेन्टली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरु प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड(ङ) को प्रतिकुल हुने देखिएकोले उक्त शब्दहरु सचिवालयको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु ।’