२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको प्रशंसा गर्दै सार्वजनिक भएका भिडियोको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले भिडियो बनाउनेलाई रोक्न निर्देशन दिएको बताएका हुन् ।


देउवा प्रधानमन्त्री भएलगत्तै उनको सचिवालयले ‘मलाई देउवा मन पर्छ’ भन्ने भिडियोहरु सार्वजनिक गर्दै आएको छ । भिडियोलाई लिएर सामाजिक सञ्जालदेखि कांग्रेसभित्रै टिकाटिप्पणी भइरहेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ । बिहीबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, समायोजन सम्बन्धी प्रतिवेदन र निर्वाचन निर्देशिकामाथि नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।