सरकारले सिफारिस गरेको भोलिपल्ट राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त

होमल्याण्ड खबर

२०७८ भाद्र १ गते, मंगलवार १२:४७ मा प्रकाशित

 सरकारले सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले यसअघिका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त समेत गरेकी छिन् ।