२९ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ । सोमबार संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको सरकारले मंगलबार नै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर अध्यादेश ल्याएको हो ।
उक्त अध्यादेशमा राजनीतिक दल विभाजनसम्बन्धी प्रावधान खुकुलो तुल्याइएको छ । अध्यादेशअनुसार अब केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पु¥याएर दल विभाजन गर्न सकिने छ ।

