पार्टी एकताका लागि अन्तिम प्रयत्न गरिरहेका छौँ : नेता नेपाल

होमल्याण्ड खबर

२०७८ भाद्र १ गते, मंगलवार १७:२३ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् । काठमाडौंमा आयाजीत केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताए ।

तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उनले बताएका छन् ।