ठाकुरको नयाँ पार्टी : नाम जसपा लोकतान्त्रिक नेपाल, चुनाव चिह्न साइकल

होमल्याण्ड खबर

२०७८ भाद्र २ गते, बुधबार १४:३६ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै जसपा महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामसहितको पार्टी दर्ता गर्न लागेको हो ।

यस्तै चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यकारिणी समितिमा २३ र २४ जना रहने गरी दुईवटा प्रस्ताव तयार पारेको छ ।