२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (एमाले) विभाजन भएर नयाँ पार्टीको रुपमा दर्ताका लागि निवेदन भएको एमाले समाजवादीको निर्वाचन चिह्न खुल्ला किताब यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ।
निर्वाचन आयोगमा उन्नत लोकतान्त्रिक पार्टीको निर्वाचन चिह्न खुल्ला किताब रहेको छ । सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले खुला किताब आफूहरुको भएको भन्दै आयोगको ध्यानाकर्षण गराएका छन् । राजनीकि दल सम्बन्धी ऐनमा अर्को पार्टीसँग मिल्ने चुनाव चिह्न उपलब्ध नगराइने उल्लेख छ।

