२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल एमाले (समाजवादी) दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।
नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।


बाँकी सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार ९५ जनाको केन्द्रीय कमिटी पार्टीमा रहनेछ ।