लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगित

होमल्याण्ड खबर

२०७८ भाद्र ३ गते, बिहीबार १५:१२ मा प्रकाशित

बिहीबार (आज) अपराह्न १ बजेका लागि बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी नवौं अधिवेशनकोे तेस्रो बैठक स्थगित गरिएको जनाएको हो।

अर्को बैठक भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरद्वारा जारी सचनामा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले पार्टीद्वारा कारबाही गरिएका सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन्। त्यसकारण नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगित भएको हो।