प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

होमल्याण्ड खबर

२०७८ भाद्र ३ गते, बिहीबार १४:५८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने कुरा एक जना मन्त्रीले जानकारी गराएका छन् ।

मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने भएको छ ।