सिंहदरबारमा सभामुख सापकोटा र एमाले सांसदहरुबीच चर्काचर्की

होमल्याण्ड खबर

२०७८ भाद्र ४ गते, शुक्रबार १३:११ मा प्रकाशित

सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुबीच चर्काचर्की भएको छ।

पार्टीले कारबाही गरेको माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्ष पुगेका सांसद र सभाामुखबीच चर्काचर्की भएको सासंद शान्ता चौधरीले जानकारी दिइन् । 

एमाले सांसदहरुले पार्टीले कारबाही गरेको सांसदका विषयमा सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए। त्यसपछि सभामुख र सांसदबीच चर्काचर्की भएको सांसद चौधरीले बताइन् । 

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा सहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेल लगायत पार्टीले कारबाही गरेको सांसदलाई पदमुक्त गर्न माग राख्दै सभामुख साप्कोटालाई भेट्न गएका हुन् ।