नेकपा एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ भाद्र ४ गते, शुक्रबार १४:०३ मा प्रकाशित

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक बस्दैछ। माधव नेपाललाई साथ नदिएका आठ जना स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीइ सदस्यको आज बैठक महाराजगञ्जमा बस्ने लागेको हो ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै एमालेका ८ जना स्थायी कमिटी सदस्यले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका थिए।

एमाले केन्द्रीय सदस्य निरज आचार्यका अनुसार एमाले विवाद समाधान कार्यदलले बनाएको १० बुँदेको अक्षरश पालना गर्न र गत फागुन २८ यता भएका सबै निर्णय खारेज गर्न अपिल गछौं ।