२९ फाल्गुन २०८२, शुक्रबार
महन्थ ठाकुर समूहले पार्टीको नाम परिर्वतन गरेको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगले अर्को पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भनेपछि ठाकुर समूहले पार्टीको नाम परिर्वतन गरेको हो ।


ठाकुर समूहले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखेको छ । साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाएको छ । महन्थ ठाकुर अध्यक्ष रहेको पार्टीमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेतामा राखिएको छ ।