मुख्यमन्त्री हुनुमा दुवै नेताको साथ छ : शाक्य

होमल्याण्ड खबर

२०७८ भाद्र ५ गते, शनिबार १६:२६ मा प्रकाशित

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन्।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने बताईन् । उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गरेकि छन् । उनले आफूहरु एकताकै पक्षमा रहेको बताईन् ।

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरुको परामर्शको आधारमा अघि बढ्दा नै प्रदेश सरकारले राम्रो काम गर्नसक्ने विश्वाससमेत व्यक्त गरिन्।

मुख्यमन्त्री शाक्यले नेकपा एमालेले मात्रै मुलुकलाई अघि बढाउनसक्ने भएकाले यो पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको बताइन्।