राष्ट्रपति र माधव नेपालबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १७:२० मा प्रकाशित

 राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् ।

नेता माधव नेपाल निकट स्रोतले राष्ट्रपतिसँग भेट भएको पुष्टि गरे । तर कुराकानीको विषय खुलाउन चाहेन ।