२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे बस्ने बैठकमा यसअघि माधव नेपाल समूहका भनेर चिनिएका तेस्रो धारका नेताहरु पनि सहभागी हुने बताइएको छ ।
एमाले अध्यक्ष ओली र पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका उपाध्यक्ष भीम रावलसहितका नेताहरुबीचको छलफलपछि आजका लागि बैठक बोलाइएको हो ।


पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरुको जोड छ ।
आजको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान गर्ने सम्भावना रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।