लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार १०:४६ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् ।

उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् । निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो ।

नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए । सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्रीहरू प्रदेशसभा सदस्यहरू प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरुको उपस्थिति रहेको थियो ।