एकीकृत समाजवादीकाे बैठक : १० बुँदे घोषणा पत्र जारी हुने

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार ११:४१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)  पार्टीको केन्द्रीय समिति बैठक चन्द्रागिरिमा जारी छ। बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन । पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। सो बैठकमा पार्टीको विधान तथा नियमावलीमाथि छलफल हुँदै छ। यस्तै बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र पनि जारी गर्ने छ।

नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ ।

प्रस्तावित पार्टीका अध्यक्ष नेपालले तयार पारेको पार्टीको घोषणा पत्र र अन्तरिम विधान सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदको बैठकका क्रममा अध्ययनका लागि भन्दै वितरण गरिएको थियो। पहिलो केन्द्रीय कमिटीको बैठकमा मुख्य गरी पार्टीको सैद्धान्तिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।